पसल खोल्न पाउनुपर्ने माग गर्दै मैतीदेवीमा नाराबाजी , भोलीबाट दिउँसो १ बजेसम्म खुल्ने
काठमाडौं,जेठ २१ । काठमाडौंको मैतीदेवीमा बिहीबारदेखि दिउँसो १ बजेसम्म पसल खोल्ने भएको छ । अत्यावश्यक बाहेकका पसलहरु पनि खोल्न पाउनुपर्ने माग राख्दै काठमाडौँको मैतीदेवीका व्यापारीहरुले नाराबाजी गरेका थिए । यसपछि मौखिक रूपमापसल खोल्ने सहमति भएको हो ।बुधबार बिहान लकडाउनको उलंघन गर्दै खोलिएका पसलहरु प्रहरीले बन्द गराएपछि व्यापारीहरुले नाराबाजी गरेका हुन् । उनीहरुले पर्याप्त स्वास्थ्य सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन्।ुव्यापारीहरूले पसल खोल्ने समय अपुग भयो भन्दै विरोध गरे। त्यसपछि हुन्छ पसल खोल्नुस् मेरो समर्थन छ भनेको छु,ुवडाध्यक्ष ढकालले भने।सरकारले पनि लकडाउनको मोडालिटी तयार गर्छु भनेर पनि नगरेपछि यस्तो अवस्था आएको उनले बताए।
ुआफूले कागजी रूपमा अनुमति नदिए पनि समर्थन भने जनाएको प्रष्ट पारेका छन्।यसबारेमा उनले महानगरीय प्रहरी वृत्त डिएसपीसँग पनि कुराकानी गर्ने बताएका छन्।डिएसपी हरिबहादुर बस्नेतले भने यसबारेमा अहिलेसम्म जानकारी नआएको बताए। तर रेष्टुरेन्ट, होटल, रक्सी पसललाई भने खोल्न नदिने वडाध्यक्षले बताए।सरकारले लक डाउनकैबीच करका लागि ताकेता गरिरहेको तर व्यापार व्यवसाय गर्न नदिएको भन्दै व्यापारीहरु आक्रोशित छन् ।
मंगलबार काठमाडौँको बौद्ध क्षेत्रका व्यापारीहरुले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । उता कैलालीको धनगढीमा उद्योग वाणिज्य संघले मोडालिटी परिवर्तन नगरे जारी लकडाउनको उलंघन गर्ने चेतावनी दिएको छ।
झण्डै ढाई महिनादेखि लकडाउनको इमान्दारीका साथ पालना गरिरहेका व्यापारीहरु सरकारले एकाएक करका लागि ताकेता गरेपछि आक्रोशित छन् । यता आज लकडाउका बारेमा प्रधानमन्त्रीले पनि विज्ञहरु सँग छलफल गर्न भएका छन् ।
प्रतिक्रिया दिनुहोस्