काठमाडौं मेडिकल कलेजका सबै सेवा ठप्प

काठमाडौं , जेठ २१ । चिकित्सक र स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ‘केएमसी’को सबै सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ अन्य बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पतालले सेवा बन्द गरेको हो ।

अस्पतालमा उपचारका लागि गएका विरामीवाट स्वास्थ्यकर्मीमा कोरोना संक्रमण सरेको देखिएपछि अस्पतालले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सुचना प्रकाशित गरेर जानकारी दिएको छ ।

अस्पतालवाट दिइने आकस्मिक लगायतका सबै विभाग निर्मलीकरण गर्नुपर्ने भएकाले तत्काललाई सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणको जोखिम नहोस भनेर यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ ।

देशभर हालसम्म २० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमितमध्ये पाँच जना निको भइसकेका छन् । हालसम्म काठमाडौं ५, धनकुटा ४, दाङमा २, सप्तरी २, बाँके, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही, रौतहट र धनुषामा एकरएक जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्