लकडाउन बारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञहरुलाई बालुवाटार
काठमाडौं , जेठ २१ । कोरोनाका कारण देशमा लकडाउ यथावत छ । नेपालमा लाजारी लकडाउनको आज ७२ निद पुगेको छ । लकडाउनले व्यापार ठप्प छ । बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै व्यवसायीले विरोध प्रदर्शन समेत गर्न थालेका छन् ।
यसैबीच लकडाउन खुकुलो बनाउनु पर्ने जनगुनासो आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।
कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि यसको विकल्पका बारेमा आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागिएको हो ।
अपरान्ह चार बजे प्रधानमन्त्री निवास बाुलवाटारमा बोलाइएको बैठकमा जेठ ३२ सम्म कायम रहेको लकडाउनलाई प्रभावकारी बनाउँदै जनजीवन सहज बनाउने बारेमा छलफल हुने बताइएको छ ।
यसअघि पटक–पटक भएका छलफलमा अर्थतन्त्र धराशायी भएको भन्दै लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेको छैन ।
लकडाउनका कारण दैनिक जिवनयापनमै समस्या भएको भन्दै मकवानपुर, वीरगञ्ज, सुर्खेत लगायतका जिल्लामा आजदेखि व्यवसाय संचालन गर्ने बताइएको छ । घरबेटीले भाडा पनि छुट नदिएको, रोगसँग भन्दा भोकले समस्या भएको भन्दै पसल खोलेपछि स्थानीय सरकार, व्यवसायी र प्रशासनका बीचमा हिजो वार्ता भएको वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए ।















प्रतिक्रिया दिनुहोस्