भोलिदेखि पूरानै सवारी पासले आवतजावत गर्न पाइने !

काठमाण्डौ , जेठ २० । सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो । यी पास नवीकरण गरिरहनु नपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्