सबै पालिकामा आइसोलेसन बेड तयार गर्न सुदूरपश्चिम प्रदेश सरकारको निर्देशन
काठमाडौं, जेठ २० । सबै पालिकामा आइसोलेसन बेड तयार पार्न सुदूरपश्चिम सरकारले निर्देशन दिएको छ । सुदूरपश्चिमका केहि जिल्लामा रहेका क्वारेन्टाइन अव्यवस्थीत रहेका छन् । यस्तो गुनासो आइरहदा सुदूरपश्चिम प्रदेश सरकारले ८८ वटै स्थानीय पालिकाहरूलाई आइसोलेशन बेड तयार पार्न निर्देशन दिएको हो ।
कोरोना संक्रमण दिनहुँ बढिरहेको भन्दै प्रदेश सरकारले थप सुरक्षा तयारीका लागि आइसोलेशन बेड तयार गर्न निर्देशन दिएको हो। एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कम्तिमा ५० बेडको आइसोलेशन बेड तयार पार्न भनेको छ।
अहिलेसम्म स्थानीय तहले गरेको काम सन्तोषजनक रहेकोभन्दै प्रदेश सरकारले खुशी व्यक्त गरेको छ। यता प्रदेश सरकराले खुशी व्यक्त गरे पनि भारतबाट आएर क्वारेनटाइनमा बसेका भने असन्तुष्ट रहेका छन् । उनीहरुले निकै गुनासो गरेका छन् । यस प्रति प्रदेश सरकार र स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्