क्वारेन्टिनमा बसेकालाई कतै दैनिक २०० भत्ता, कतै खाना समेत छैन
काठमाडौं, जेठ २० । पछिल्लो समय कोरोनाका संक्रमीत ह्वात्तै बढेका छन् । भारतबाट नेपाल आएकामा संक्रमण देखीन थालेको हो । यसले पनि नेपालमा जोखीम बढेको छ । भारतबाट आफ्नै नेपाल आएर पनि उनीहरुले सास्ती भने निकै भएको गुनासो गरेका छन् । कैलाली लगाएत देशका विभन्न ठाउामा रहेका क्वारेन्टिाइनमा उनीहरु बसेका छन् ।
तर त्यहाँ व्यवस्थीत नभएको उनीहरुले बताएका छन् तर उता डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टिनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक रु २०० का दरले भत्ता दिने गरेको उनले बताए ।
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ वटा क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले बताए ।डडेल्धुराको अमरगढी नगरपालिकाले जस्तै अन्य गाउँपालिकले पनि यस्तै सुविधा दिन सक्ने क्षमता नै नभएको बताउँदै आएका छन् । यति मात्र होइा कोहि गाउँपालीकामा भने बस्न खानको समेत सुविधा छैन ।















प्रतिक्रिया दिनुहोस्