लकडाउनमा जनतालाई अर्को सास्ती: सरकारले गर्‍यो कर तिर्न ताकेता

काठमाडौं , जेठ २० । आन्तरिक राजस्व विभागले मंगलवार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ । सरकारले आगामी ५ दिनभित्र अर्थात जेठ २५ गतेसम्म कर दाखिला गर्नका लागि निर्देशन दिएको छ ।

आन्तरिक राजस्व विभागले मंगलवार एक सूचना जारी गर्दै सरकारले अन्तिम पटक जेठ २५ गतेलाई कर तिर्ने समयसीमा तोकेकोमा लकडाउन अवधि बढे पनि कर तिर्ने समय भने यथावत रहेको जनाएको छ ।

सूचना अनुसार गत चैत, वैशाख र जेठ सम्ममा बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर, भ्याट, अन्तःशुल्कलगायतका सम्पूर्ण कर बझाउनका लागि विभागले सूचित गरेको हो ।

साथै निर्धारित समयमा नै निर्धारित कर नबुझाए शुल्क, थप दस्तुर, व्याज, तथा जरिवाना लाग्ने समेत विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्