सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि
काठमाडौं, जेठ १८ । सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
प्रयोगशालाका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई वर्षीया मृतक बालिका र उनकी २३ वर्षीया आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जना गरी २६ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिममा सुरुवातका पाँच जना संक्रमित भने कोरोना जितेर डिस्चार्ज भइसकेका छन्।
सुदूरपश्चिमका संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।
६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एकरएक जनाको डडेल्धुरा, दार्चुला, बाजुरा र बैतडी अस्पताल उपचार भइरहेको छ। दुई जनाको भने जिल्ला अस्पताल सुर्खेत र कालिकोटमा उपचार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्