मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन मुख्य एजेण्डा
काठमाडौं, जेठ १७ । सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ । लकडाउनले जनताले निकै सास्ती खेप्दै आएका छन् । उसो त उनीहरुले पालना पनि गरिरहेका छन् । तर २० गतेपछि भने के हुने हो यो सबैको चासोको विषय बनेको छ । यसकै लागि आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ ।
आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले बताए ।
विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।















प्रतिक्रिया दिनुहोस्