कोरोना संक्रमितका दुख : झापाका २७ जनाले बाहिरै रातभर काटे

काठमाडौं, जेठ १७ । झापाका २७ जना कोरोना संक्रमितले बाहिरै रात कटाउनुपरेको छ । स्थानीय तथा प्रदेश सरकार र अस्पतालबीचको समन्वय अभावका कारण झापाका २७ जना कोरोना संक्रमितले बाहिरै रात कटाउनुपरेको हो । उनीहरु रातभर बसमा बसेर बिताएका थिए। उनीहरुलाई झण्डै १२ घण्टापछिमात्रै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका २७ जनालाई झापाको स्थानीय तहले राति नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर वीपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितलाई राख्ने आइसोलेसन वेड तयार नभएको भन्दै भर्ना लिएन । भर्ना नपाएका उनीहरु रातबस बसमै बसेका थिए ।

झापाका प्रमूख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार स्वास्थ्य मन्त्रालयले झापामा मात्र २७ जना कोरोना संक्रमित भएको पुष्टि गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्