थप १७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १ हजार २१२ पुग्यो

 

काठमाडौं, जेठ १६ । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्