भारतले नेपाललाई भन्यो – सीमाको विषयमा तत्काल वार्ता हुँदैन
काठमाडौं , जेठ १६ । पछिल्लो समय नेपाल र भारतबीच खटपट आएको छ । नेपालले आफ्नो भुमीसहितको नयाँ नक्सा सार्वजनि गरेसँगै विवाद उत्पन्न भएको हो । उता भारतले सकारात्मक पहल गरिए मात्र सीमा सम्बन्धमा नेपालसँग वार्ता गर्ने बताएको छ ।
भारतको विदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा वार्ताका लागि रचनात्मक र सकारात्मक पहल चाहिने बताएका हुन् ।
भारत सबै छिमेकीसँग सम्वादका लागि तयार रहेको तर त्यसका लागि आपसी संवेदनशीलता र सम्मानका साथै विश्वास र भरोसापूर्ण वातावरण चाहिने उनको भनाइ छ ।
उनले सीमा सम्बन्धमा नेपालमा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको पनि बताए । नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाक उदघाटन गरेकोमा नेपालले आपत्ति जनाउदै आएको छ ।
सीमा विवाद समाधानका लागि तत्काल विदेश सचिवस्तरीय संयन्त्रको बैठक बोलाउन नेपालले माग गरेपनि भारतले आलटाल गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्