सहयोगी विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान
काठमाडौं, जेठ १६ । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले यहि जेष्ठ २४ गते शनिवारका दिन दिनको २ः०० बजे वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय, जनकपुरको हातामा आयोजना गर्ने निर्णय सञ्चालक समितिको जेष्ठ १५ गते बसेको बैठकले गरेको छ ।
२०७६ साल चैत्र १० गते सम्पन्न गर्ने भनिएको वार्षिक साधारण सभा नेपाल सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित भएको थियो । अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधि मार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधि मार्पmत पनि संचालक एवं शेयरधनीहरुले सहभागीता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले हामिलाई जानकारी दिनु भयो । आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मुल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधि मार्पmत सभामा सहभागिता जनाई दिनु हुन बैंकले आह्वान समेत गरेको छ ।
प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनु भयो ।
डिजिटल प्रविधि मार्पmत सहभागी हुन चाहने इच्छुक आफ्ना शेयरधनी महानुभावहरुलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न सूचना समेत प्रकाशित गरेकोछ । सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव यो १६ औं वार्षिक साधारणले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्