थप ८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार नजिक

काठमाडौं। प्रदेश २ मा थप ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

नेपालमा बिहीबार विहानमात्र ८० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजारको नजिक पुगेको छ ।

बिहीबार विहान स्याङ्जाका तीन जना, नवलपुरका एक जनामा कोरोना पुष्टि भएको हो ।त्यस्तै, प्रदेश २ मा मात्रै ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसमा सबैभन्दा धेरै धनुषामा २९ जना, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा झन्डै हजार जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । नेपालमा कोरोनाभाइरसका कारण ५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्