संविधान संसोधन विधेयक कार्यसुचीबाट हट्यो
काठमाडौं, जेठ १४ । नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम समयमा हटाइएको हो ।
संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो ।















प्रतिक्रिया दिनुहोस्