स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टिनमा
काठमाडौँ , जेठ १३ । कोरोना संक्रमितलाई भेटेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।
बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बसेका हुन्।
मन्त्री ढकालको निजी सचिवालयका अनुसार स्वास्थय मन्त्रालयमा पनि केही संक्रमितहरु चिकित्सकहरु मन्त्रालय पुगेपछि उनी ६ दिनदेखि आफैं क्वारेन्टाइनमा बसेका हुन्।
उनको परिक्षणका लागि हिजो निवासमै पुगेर स्वाव संकलन गरिएको र मंगलबार बेलुकासम्म परिपोर्ट आउनेछ उनका स्वीकय सचिव भुवन खतिवडाले जानकारी दिए। मन्त्री ढकाल बिहीबारदेखि मन्त्रालय आएका छैनन्।
खतिवडाका अनुसार संक्रमण बढ्दै गएपछि गतिविधि कम गर्न मन्त्रालय आउने क्रम कम गरिएको हो।कोरोनाको रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा रहने भएका छन् ।















प्रतिक्रिया दिनुहोस्