इटहरी गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज

काठमाडौ – इटहरीमा जारी मदन भण्डारी स्मृति अन्त्र्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज मनाङ–मर्स्याङ्दी र भारतको गरिफा स्पोर्टिङ क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
यसअघि हिजो भएको खेलमा थ्रीस्टार क्लब फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

भारत र भुटानका १र १ टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् । प्रतियोगिताको उपाधि भिडन्त माघ १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्