८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति पक्राउ
काठमाडौं । काठमाडौं स्थित क्षेत्रपाटीमा बरामद भएको ८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको रहस्य खुलासा भएको छ । तस्करीमा तीन भारतीय र दुई नेपाली समेतको संलग्न रहेकोले उनिहरु पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार बरामद भएको ८८ किलो सुन चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङको भएको प्रहरीले खुलासा गरेको हो ।
मिङ दम्पत्तिले क्षेत्रपाटीमा काठमाडौं वान होटल सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्