नयाँबानेश्वरका तीन घर सिल, स्थानीयमा त्रास
काठमाडौं, जेठ ११ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाका बिरामी फेला पर्न थालेका छन् । महामारीका रुपमा फैलीएको यो संक्रमणले अहिले विश्वभर नै उग्ररुप लीएको छ । यता काठमाडौं उपत्यकामा निकै जोखीम बढेको छ । देश लकडाउनमा छ ।
यसै कारण यहाँका सर्वसाधारण कोरोनाका कारण घरभित्रै बसेका छन् भने उनीहरुमा त्रास पनि छाएको छ । यसैबीच कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका(१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए ।
ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ ।ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।
सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।
कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्