प्राइम लाइफ इन्सुरेन्सले नाफा बढायो

काठमाडौं , जेठ९ । प्राइम लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.८५५ ले बढी हो । यस इन्सुरेन्सले गत वर्ष १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि १९.६३५ ले बढेर २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीले १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो ।

यता, जीवन बिमा कोषको आकार पनि ३०.८४५ ले बढेर १० अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्ष जीवन बिमा कोषमा ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ०६ पैसा रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड ४१ लाख १६ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्