गुगलले पनि देखायो नेपालको नयाँ नक्शा र क्षेत्रफल
काठमाडौं , जेठ ९। सरकारले भर्खेरै सार्वजनिक गरेको नेपालको नयाँ नक्शा र क्षेत्रफल गुगलले देखाएको छ ।नेपाल सरकारले गत बुधबार )वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।
नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल र नक्शा देखाएकोे हो ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफलसहितको नक्शा देखाउँछ ।
नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् । यता नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतले भने मान्य नहुने बताएको छ । यता नेपालमा भने खुशीयाली छाएको छ ।















प्रतिक्रिया दिनुहोस्