भारतमा लकडाउन खुकुलो हुँदै, सोमबारदेखि हवाई सेवा सञ्चालन हुने
काठमाडौं, जेठ ८ । कोरोनाले अहिले विश्व नै लकडाउनमा छ । यसैबीच कोरोना भाइरसको संक्रमण कम गर्न लकडाउन गरेको दुई महिनापछि भारतले सोमबारदेखि घरेलु उडान सुरु गर्ने भएको छ । यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गरेर यात्रा गर्न पाउनेछन् । उनीहरुले सरकारी कन्ट्याक्ट ट्रयासिङ एप डाउनलोड गर्नुपर्नेछ र उनीहरुको थर्मल स्क्रिनिङ समेत हुनेछ ।
एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग पनि अनिवार्य गरिएको छ । त्यस्तै, एयरपोर्ट आउने क्रममा उनीहरुले तोकिएको निश्चित ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्नेछ ।नागरिक उड्डयनमन्त्री हर्दिप पुरीले सबै विमानस्थल र एयरलाईन्सलाई सेवा सञ्जालनका लागि तयार रहन भनिएको बताए ।
२५ मार्चमा भारतले आफ्नो २ दशमलव ९ ट्रिलियन डलरको अर्थतन्त्र सटडाउन गरेको थियो । उद्योग बन्द भएका थिए र १ अर्बभन्दा धेरै जनसंख्यालाई घरभित्रै बस्न भनिएको थियो । भ्रमणमा अति कडा प्रतिबन्ध लगाउने सुरुवाती देशहरुमध्ये भारत एक हो, उसले अधिकांश भिसा स्थगित गरेको थियो र अन्तत सबै अन्तर्राष्ट्रिय उडान बन्द ग¥यो ।
त्यस्तै रेल र आन्तरिक उडान पनि लकडाउन सुरु भएसँगै बन्द भएको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस्