कोरोनाले खाडी मुलुकका नेपाली चिन्नितत , ७३१ को मृत्यु, १ लाख ५० हजारभन्दा बढी संक्रमित
काठमाडौं , जेठ ७ । यति बेला कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको छ । मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । यहि महामारीले विदेशीयका कमदार तथा मजदुरहरु जहाँका त्यति अलपत्र परेका छन् । उनीहरुको उद्दार हुन सकेको छैन ।
बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् । अहिले सम्म लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ४९० जना संक्रमित भएका छन् ।
खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२९ जनाको मृत्यु भएको छ । त्यहाँ ५९ हजार ८५४ जना संक्रमित भएका छन् ।
यस्तै यूएईमा २२७ जनाको मृत्यु भएको छ भने २५ हजार ६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १२१ जनाको मृत्यु भएको छ भने १६ हजार ७६४ जना संक्रमित भएका छन् ।
यस्तै ओमानमा २७ जनाको मृत्यु भएको छ भने ५ हजार ६७१ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३५ हजार ६०६ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार ५३२ जना संक्रमित भएका छन् । यसरी समस्यामा परिरहदा उनीहरुलाई चिन्ताले पिरोली रहेकोछ । उद्दारको माग गर्दै नेपाल सरकारलाई गुहारीरहेका छन् । यता सरकारले योजना तथा तयारीमा लागि रहेको र अति समस्यामा परेकालाई स्वदेश ल्याउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्