भारतलाई प्रधानमन्त्री ओलीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

काठमाडौं , जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भुमि मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव जयते कि सत्यमेव जयते हो ? भन्दै प्रश्न गरे ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको मंगलबार जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भने, ूभारतको प्रतीक चिह्नमा रहेको चार मुखे सिंहको मुनि सत्यमेव जयते लेखिएको छ । भारत के सत्यमेव जयते मान्‍न तयार छ कि सिंहमेव जयते रुू

उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्