स्वावलम्बन लघुवित्तद्वारा कर्मचारीको कोरोना भाइरस रोग बीमा

काठमाडौं, जेठ ६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विश्वभर फैलिएको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सम्पूर्ण कर्मचारीको कोरोना भाइरस रोग बीमा गरेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सहकार्यमा संस्थामा कार्यरत ७८३ जना स्थायी/परीक्षणकालिन/करार/प्रशिक्षार्थी/दैनिक ज्यालादारी कर्मचारीहरुको प्रति कर्मचारी रु.१ लाख बराबरको कोरोना भाइरस रोग बीमा गरिएको हो ।

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना भाइरस रोगको पिसिआर परीक्षण गर्दा पोजिटिभ भई संक्रमित भएको प्रमाणित भएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपूर्ति वापत उपलब्ध गराउनेछ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय एवं दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्