‘मजदुर र किसानलाई महिनाको पाँच हजार दिनुपर्छ’

काठमाडौं , जेठ ५ । पछिल्लो समय लकडाउनका कारण किसान तथा मजदुर निकै मारमा परेका छन । यसैबीच प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् । सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले जनअपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताएका छन् । आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी गहन छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अबको बजेट रोग र भोकबाट जनतालाई जोगाउनमा केन्द्रित हुनुपर्ने बताए ।

उनले मजदुर, श्रमिक र विपन्न किसानहरुलाई एक महिनाको ५ हजारका दरले तीन महिनासम्मको १५ हजार रुपैयाँ दिनुपर्ने बताए । छिटो प्रतिफल दिनेगरी योजनाहरु सम्पन्न गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या कुटनीति पहलबाट समामाधान गर्नुपर्ने र सो कुरा संसदमा जानकारी गराउनुपर्ने उलेख्ख गरे ।

प्रतिक्रिया दिनुहोस्