चीनमा भन्दा भारतमा धेरै कोरोना संक्रमित

काठमाडौं , जेठ ३ । भारतमा चीनमा भन्दा धेरै कोरोना संक्रमितको पुष्टि भएको छ । शनिबार दिउँसोसम्म भारतमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । कोरोना संक्रमण चीनबाट सुरु भएको थियो । तर उसले कडा लकडाउन गरेर स्थिती नियन्त्रणमा लिएको थियो । चीनमा ८२ हजारमा संक्रमण देखिएको छ ।

भारतमा २५ मार्चबाट कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन छ । भारतमा हालसम्म कोरोनाका कारण २ हजार ७५२ जनाको मृत्यु भइसकेको छ । चीनमा भने ४ हजार ६०० को मृत्यु भएको छ ।

चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आइसकेको छ भने भारतमा तिव्र गतीमा फैलिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्