सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारको घोषणा
काठमाडौं , जेठ २ । सरकारले मुलुकका सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशमा समेटिने गरीका विभिन्न ७ अस्पताललाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
घोषित कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने भएको छ ।
यस्तै प्रदेश नम्बर १ को विराटनगरस्थित साविकको अञ्चल अस्पताल कोशी अस्पताल, प्रदेश नम्बर २ को वीरगञ्जमा रहेको नारायणी अस्पताल, वाग्मती प्रदेशको चितवनस्थित भरतपुर अस्पताल, प्रदेश ५ को बाँकेस्थित भेरी अस्पताल र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताललाई ५ सय शय्याको अस्पताल बनाउने घोषणा गरेको हो ।
यस्तै प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गरिने घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्