उपत्यका छिर्न डाक्टरको हस्ताक्षरसहितको पास चाहिने , नाकामा कडाइ गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, जेठ १ । गृहमन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका सबै जिल्लामा लकडाउन कडा गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ुबादलुले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपत्यकाका डिआइजी, महानगरीय ट्राफिक महाशाखा प्रमुखसहितको छलफलले यस्तो निर्णय गरेको हो। बैठकमा उपत्यकाभित्र लकडाउन कडा र काठमाडौं भित्रिने नाकामासमेत थप कडा बनाइने ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
जुनसुकै जिल्लाबाट आउने भए पनि सम्बन्धित जिल्ला प्रमुखले दिएको पास नै आधिकारिक हुने उनले बताए। तर ती पास वितरणमा पनि कडाइ गर्ने निर्णय भएको उनले जानकारी दिए। अब जिल्ला बाहिरबाट उपचारका लागि उपत्यका छिर्न पनि सम्बन्धित अस्पतालका डाक्टरहरुको हस्ताक्षरसहितको पास आवश्यक पर्ने भएको छ।
पछिल्लो समय काठमाडौंमा बाहिरबाट आउका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडा गर्ने निर्णय लिएको हो। लकडाउन कार्यान्वयन गर्न उपत्यकामा १ हजार १ सय ट्राफिक प्रहरी परिचालित छन्।














प्रतिक्रिया दिनुहोस्