नेको इन्स्योरेन्सद्वारा खाद्यान्न सहयोग

काठमाडौं , जेठ १ । नेको इन्स्योरेन्सले काठमाडौं महानगरपालिका वडा नं।२९ का ३ सय जनालाई खाद्यान्न सहयोग गरेको छ ।

कम्पनीले कोरोना भाइरसका कारण मुलुक लकडाउनको स्थितिमा हुँदा दैनिक बिहान–बेलुकाको खानाका लागि समस्या परेका करिब ३ सय जनालाई १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको जनाएको छ ।

वडाका कार्यालयका अध्यक्षको आग्रहमा कम्पनीका सम्पूर्ण कर्मचारीहरूको तलबबाट रकम कट्टा गरी विजय मेमोरियल स्कुलमा करिब ३०० जनालाई १० दिनका लागि आवश्यक पर्ने खाद्यान्न चामल, दाल, नुन, तेल सहयोग गरेको कम्पनीले जनाएको छ ।

यसअघि उक्त शाखाले कीर्तिपुरमा करिब ८०० विद्यार्थीहरूलाई १५ दिनका लागि आवश्यक खाद्यान्न र कम्पनीका उपत्यकाभित्रका कर्मचारीले सिफलमा करिब ५०० बालबालिका तथा मजदुरलाई १० दिनका लागि आवश्यक खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्