कोरोना परीक्षण र संक्रमितको संख्या कहाँ कति ? विवरण दिँदै स्वास्थ्य मन्त्रालयले भन्यो – सचेत रहनुहोस्
काठमाडौं, बैशाख ३१ । देशभर आजसम्म कुल साढे ८१ हजार बढी कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० विधिमार्फत ६० हजार ३ सय १९ र पीसीआर विधिमार्फत २१ हजार ३ सय ४० वटा गरी ८१ हजार ६ सय ५९वटा परीक्षण गरिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा दुवै विधिमार्फत गरी ३ हजार ४९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् । तीमध्ये २ हजार ३ सय ५७ पीसीआरविधिमार्फत र ६ सय ९२ वटा आरडिटी विधिमार्फत जाँच गरिएको हो।
बुधबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण निम्नानुसार छ :
प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०
प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७
बागमती प्रदेशमा ९ हजार ३ सय ६३
गण्डकी प्रदेशमा ६ हजार ५ सय २६
प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१
कर्णाली प्रदेशमा ७ हजार २ सय २९
सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३
अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरूको कुल संख्या १४ हजार ३ सय १३ जना छ।
प्रदेश नम्बर १ मा ९ सय ५९ जना
प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४ जना
बागमती प्रदेशमा १ सय १ जना
गण्डकी प्रदेशमा २ सय ७९ जना
प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९ जना
कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना
सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना
मन्त्रालयका अनुसार हालसम्म २ सय ४५ संम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये ६ जना काठमाडौंउपत्यकामा र काठमाडौंबाहिर २३९ जना छन्।
प्रदेश नम्बर १ मा २१ जना
प्रदेश नम्बर २ मा ९८ जना
बागमती प्रदेशमा २५ जना
प्रदेश नम्बर ५ मा १ सय १ जना
हालसम्म नेपालमा फेला परेका कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। तीमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन्।
हेर्नुुस् प्रादेशिक विवरण :
प्रदेश नम्बर १ मा ३५ जना, प्रदेश नम्बर २ मा ९६ जना ,बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना ,प्रदेश नम्बर ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना
कोरोना पछिल्लो अपडेट
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।
अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।














प्रतिक्रिया दिनुहोस्