एनएमबी बैंकद्वारा भीमदत्त नगरपालिकालाई ५० हजार सहयोग
काठमाडौं , बैशाख ३१ । एनएमबी बैंक महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकालाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ‘कोभिड १९’ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा राहत वितरणका लागि बैंकको शाखाले नगरपालिकालाई सहयोग गरेको हो ।
नगरपालिकाले स्थापना गरेको ‘भीमदत्त नगरपालिका प्रकोप व्यवस्थापन कोष’ का लागि बैंकले बुधबार उक्त रकम सहयोग गरेको हो । एमएनबी बैंक महेन्द्रनगर शाखा प्रबन्धक पशुपतिनाथ जोशीले १ लाख ५० हजार रुपैयाँबराबरको चेक नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख विरुराम जैशीको पनि उपस्थिति थियो ।
एनएमबीले यसअघि संघीय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्