दुई जना कोरोना संक्रमित नारायणी अस्पतालबाट भागे

काठमाडौं, बैशाख ३१ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेको छ । अब गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छिर्न नपाइने भएको छ ।
सरकारले जेठ १ गते बिहीबारदेखि देशभरको आवातजावत थप कडाइ गर्ने भएको छ।

बाहिर जिल्लाबाट काठमाडौं आउन अब जिल्ला प्रशासनको अनुमतिले पाइने छैन। यसका निम्ति गृह मन्त्रालयबाटै छुट्टै पास लिनुपर्नेछ। गृह मन्त्रालयको स्वीकृति बेगर कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्