स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध ! सुरक्षाकर्मीले रोके गेटमै

काठमाडौं , बैशाख ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ ।

यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् ।

स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए ।

अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्की र प्रवक्ता डा। विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्