प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई १० दिन थुनामा राख्‍न अनुमति

काठमाडौं , बैशाख २८ । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ ।

लकडाउनको समय र निषेधित क्षेत्रको प्रर्दशन रोक्न खोज्दा चिनियाँ प्रहरीमाथी आक्रमण गरेका थिए ।

सो क्रममा डीएसपीसहित दुई प्रहरी घाइते भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले म्याद थप भएसंगै थप अनुसन्धान जारी रहेको बताए । स्वदेश फिर्ता जान पाउनुपर्ने माग गर्दै शुक्रबार चिनियाँ नागरिकको समूहले सिहंदरबार गेटमा प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्