विभिन्न स्थानको मतपरिणाम धमाधम सार्वजनिक हुँदै, कसको अग्रता कति ?

काठमाडौं । तेस्रो चरण अन्र्तगत प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिलेसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बिहान प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

हाल सम्म सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाहीका ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिए ।
यसै गरि विभिन्न स्थानको मत परिणाम आउने क्रम जारी रहेको छ । हाल सम्मको परिणाम अनुसार काँग्रेस अग्र स्थानमा दोस्रोमा एमाले र तेस्रोमा फोरमले कायम राख्दै आएको छ ।

माओवादी केन्द्र जीत १ अग्रता २१, राजपा जीत १ अग्रता १५, नेपाली कांग्रेस जीत ० अग्रता  ३१, नेकपा एमाले  जीत ० अग्रता २७, समाजवादी फोरम जीत ० अग्रता १८, अन्य जीत ० जीत ३माओवादी केन्द्र जीत १ अग्रता २१, राजपा जीत १ अग्रता १५, नेपाली कांग्रेस जीत ० अग्रता  ३१, नेकपा एमाले  जीत ० अग्रता २७, समाजवादी फोरम जीत ० अग्रता १८, अन्य जीत ० जीत ३

प्रतिक्रिया दिनुहोस्