सरकारी कार्यालय भोलीबाट सञ्चालन हुने, हाजिर हुन कर्मचारीलाई निर्देशन

काठमाडौं , बैशाख २७ । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलि ९आइतबार०बाट पूर्ववत रुपमै सञ्चालन हुने भएका छन् ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंशिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्