लकडाउनको आज ४५ औं दिनः काठमाडौंका सडकमा बाँदरको रजाइ (हेर्नुहोस तस्बिर)

काठमाडौं, बैशाख २५ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४५ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४५ औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।पछिल्लो समय काठमाडौं प्रवेश गर्नेहरुमाथि पनि कडाई, गरिएको छ ।

काठमाडौं प्रवेश गर्नेहरुका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नु पर्ने देखिएको हो । लकडाउनका कारण यति बेला जनताले सास्ती पनि भोग्दै आएका छन् । देश लकडाउमा रहदा जनताले यसको पालना पनि गरिरहेका छन् ।

यति बेला काठमाडौं पनि लकडाउनले सुनसान छ । यसैबीच लकडाउनको आजको यो दिन सम्म आइपुग्दा बाटोमा मानिसको चहलपहल भने निकै कम छ तर रिपोटिङ्गमा जाँदा बाटोमा बाँदरले रजाइ गरेको हामी देख्न सक्छौं । यसैबीच हाम्रा सहकर्मी धुर्व थापाले आफ्ना क्यामरामा बाटोमा रजाइ गरेको र अन्य दृष्यका तस्बिर कैद गरेका छन् ।
हेर्नुहोस तस्बिर:

प्रतिक्रिया दिनुहोस्