साढे पाँच लाख नेपाली स्वदेश फर्किन तम्तयार, व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह
काठमाडौं, बैसाख २४ । वैदेशिक रोजगारीमा रहेका विभिन्न देशबाट करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह गरेका छन् ।
तर, आज ९बुधबार० बसेको मन्त्रि परिषद वैठकले अन्तर्राष्ट्रिय उडान तत्काल खुल्ला गर्दा नेपालमा थप कोरोना भाइरस संक्रमणको जाखिम बढ्न सक्ने जनाउँदै आउँदो जेड १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानका साथै सीमा नाका समेत बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले भारतमा कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएको जनाउँदै जेठ ५ गतेसम्मका लागि आज ९बुधबार० लकडाउनको अवधि थप गरेको छ ।
लकडाउनको अवधि र अन्तर्राष्ट्रिय उडान समेत पछाडि धकेलिएको अहिलेको अवस्थामा विदेशमा रहेका नेपालीले तत्काल स्वदेश फर्किन गरेको आग्रह चाँडै पूरा हुने देखिएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार कामदारले तत्काल नेपाल फर्कन अपील गरेका छन् । यसरी आग्रह गर्नेमा कतार, यूएई, साउदी अरब, मलेसिया, ओमान र बहराइनमा कार्यरत नेपाली हुन् । बोर्डका अनुसार उनीहरुले लकडाउन खुल्ने प्रतिक्षा गर्न सक्ने अवस्थामा पनि नरहेको जनाएका छन् ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संरक्षण समितिको बुधबार बसेको बैठकमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अरु ४ लाख ७ हजार कामदार लकडाउन खुले लगत्तै नेपाल आउन चाहेको बोर्डले जानकारी दिए ।
विभिन्न देशमा रहेका कूटनीतिक नियोगबाट प्राप्त तथ्यांकअनुसार नेपाल फर्कन चाहने कामदारको प्रारम्भिक सूची तयार पारिएको जानकारी दिँदै श्रेष्ठले उनीहरुलाई उद्धार गर्नेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझावसहितको प्रतिवेदन पेश गरिएको बताए ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनले नेपालका २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विभिन्न प्रयोजनका लागि हाल विदेशमा रहेको जनाएको छ । यसमा वर्किङ भिसामा जानेको संख्या भने समावेश छैन । करिब १५ लाख नेपाली भिजिट भिसामा विदेश रहेका आईओएमको तथ्यांक छ ।
विभिन्न देशमा रहेका नेपाली कामदारहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमा धर्ना नै दिन थालिसकेका छन् । विश्वव्यापी महामारी कोरोनाका कारण सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको छ ।
जसका कारण सबैखाले उडानमा प्रतिबन्ध लगाइएको छ । यता विभिन्न देशका गैरआवासीय नेपाली संघ ९एनआरएनए० का प्रतिनिधिहरुले मध्य पूर्वी देशमा रहेका२० लाख नेपालीमध्ये कोहि संक्रमित रहेको, कोहि कोरोनाको उच्च जोखिमका रहेको जनाएको छ ।
यस्तै संघले प्राथमिकताका आधारमा दैनिक पाँच हजारका दरले विदेशमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । संघले धेरैमा १४ दिनभित्र जोखिममा रहेका नेपालीलाई ल्याइसकिने समेत उल्लेख गरेको छ ।
तर, सरकार भने तत्काल विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनु थप जोखिम हुने हुँदा जहाँ छन् त्यहि सुरक्षित बस्न आग्रह गरिरहेको छ । जसका लागि सरकारले आफ्ना दूतावासमार्फत विभिन्न प्रयासहरु जारी राखेको बताइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्