सरकारलाई नगरपालिका फोरमको सुझाव- ‘उपत्यका प्रवेशमा कडाइ गरौँ’

काठमाडौँ , बैशाख २३ । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश रोक्नुपर्ने माग राखेका छन् ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाइ गरी भित्र भने केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् ।

‘‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’’ फोरमका अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस्