नेपालगञ्जमा कोरोनाको त्रासः आजदेखि तीन दिनसम्म निषेधाज्ञा
काठमाडौं, बैशाख २३ । कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।
मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते ९बिहीबार० मध्यराति सम्मका लागि घरबाट बाहिर ननिस्ककने गरी निषेधित क्षेत्र तोकिएको डा राणाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर मंगलबारदेखि बिहीबार मध्यरातिसम्मका लागि कसैलाई घरबाट बाहिर ननिस्केनगरी निषेधाज्ञा जारी गरेको बताए ।
अब २५ गतेसम्म कुनै पनि व्यक्तिले बाहिर निस्किन पाउने छैनन् । बाहिर निस्केका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्