नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं, बैशाख २१ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।

विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् ।

उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अब नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । त्यस मध्य १६ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्