साढे २५ लाख धरौटी बुझाएर रिहा भएका अग्रवाल पुनः पक्राउ
काठमाडौं ।, बैशाख १८ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा गत चैत २५ गते पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटी राखेर रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्याकुर्यालको इजलासले उनलाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
अग्रवालमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्नेु पर्ने भएकाले प्रहरीले पुनः पक्राउ गरेको हो ।
शंकर ग्रुपका सञ्चालक समेत रहेका अग्रवालले चीनबाट २० हजार थान थर्मल गन ल्याएका मध्ये १२ सय थानको भन्सार तिरेका थिए । बाँकी भने सामाजिक कामका लागि देखाइएको थियो ।











प्रतिक्रिया दिनुहोस्