एक महिनादेखि भारतको धार्चुलामा रोकिएका नेपाली धमाधम स्वदेश फर्किन थाले
काठमाडौं, बैशाख १८ । करिब एक महिनादेखि भारतको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको आज नेपाल प्रवेश गरिरहेका छन ।
सीमामा अलपत्र परेको नेपालीलाई ल्याउने विषयमा विषयमा पटक–पटक छलफल भएपनि उनीहरुलाई नेपाल ल्याउने मिति तय भएको थिएन ।
बैतडी, दार्चुला र पिथौरागढका अधिकारीदबीच उच्चस्तरीय सहमतिपछि आज सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिएको हो ।
उनीहरुलाई बिहान ९ बजेदेखि नेपाल प्रवेश गराउन सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनाकारी दिए ।
उनले उनीहरु सबैको स्वास्थ्यमा कुनै समस्या नरहेको भारतीय पक्षले जानकारी गराएको बताएका छन् ।
उनीहरुलाई नेपालतर्फ पनि स्वास्थ्य जाँच गराउँदै प्रवेश गराइएको छ ।
उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन आग्रह गरेको समेत उनले बताए ।
धार्चुला नाकामा १० जिल्लाका नागरिक बसेका छन् । बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराउन थालिएको छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।














प्रतिक्रिया दिनुहोस्