लकडाउनको आज ३७ औं दिनः उल्लङ्घन गर्नेहरु बढे, कजाँचमा कडाई

काठमाडौं , बैशाख १७ । कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको आज ३७ औं दिन । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको छ ।

सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् । सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ ।

उपत्यकामा मंगलबार मात्रै प्रहरीले १५ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको थियो । बुधबार पनि सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् । सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्