कृषि क्षेत्रलाई सुचारू राख्न कृषि मन्त्रालयको अनुरोध
काठमाडौं, बैशाख १६ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रलाई सुचारू राख्न अनुरोध गरेको छ। कृषि सम्बन्धी गतिविधि नियमित नराखे भोलीका दिनमा खाद्य असुरक्षाको अवस्था आउन सक्ने भन्दै कृषि क्षेत्रलाई निरन्तरदा दिन मन्त्रालयले कृषक, व्यवसायी, कृषि तथा पशुसेवा प्राविधिकलाई अनुरोध गरेको हो।
कृषि क्षेत्रमा काम गर्नेले सावधानिका उपाय अवलम्बन गरी कृषिलाई निरन्तरता दिए पछि खाद्यान्नको अभाव नहुने मन्त्रालयले बताएको छ।
कृषकलाई सम्भव भएसम्म खेतबारी बाँझौ नराख्न मन्त्रालयले अनुरोध गरेको छ।
काम गर्दा, विश्रामको समयमा, खाजा वा चिया खाने बेलामा, आवत जावत गर्दा कम्तिमा ३ फिटको दुरी राख्न मन्त्रालयले सुझाएको छ। कोरोना महामारीको समयमा सकेसम्म किसानलाई सकेसम्म मेशिनको प्रयोग नगर्न पनि पनि अनुरोध गरेको छ। यदी गर्नै परेमा मेशिनको प्रयोग गरेपछि राम्ररी साबुन पानीले हात धुनुपर्ने छ।
साथै कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल निर्वाधरूपमा बजारसम्म पुर्याइदिन स्थानीय तहलाई अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्