आहा ! रारा गोल्डकपमा आज सिक्किम र धरान खेल्ने

काठमाडौं – पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा आज धरान फुटबल क्लब र भारतको सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोलीबीचको खेल पोखरास्थित रंगशालामा दिउँसो हुनेछ ।

यसअघि हिजो भएको प्रतियोगिता उद्घाटन खेलमा आयोजक सहारालाई ३–० ले पराजित गर्दै सुदूरपश्चिम स्पोर्टिङले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा तीन विभागीय, २ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्