लकडाउनको निर्णय मन्त्रिपरिषदले आइतबार गर्ने, हवाई उडान जेठ २ सम्म बन्द
काठमाडौं , बैशाख १३ । लकडाउनबारे भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भएको छ। आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।
बैठकमा लकडाउनलाई कसरी अगाडि बढाउने भन्नेबारे भने विभिन्न मोडालिटीमाथि छलफल भएको समितिका एक सदस्यले बताए।
रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले आन्तरिक तथा वाह्य उडान भने जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
बैठकमा खासगरी हालसम्म भएगरेका कामहरुको समीक्षा भएको थियो। यस्तै कोरोना संक्रमणको परीक्षण तथा उपचारलाई प्रभावकारी बनाउने तथा औषधिजन्य सामग्रीको आपूर्तिलाई देशभर सहज बनाउने छलफलसमेत बैठकमा भएको छ।














प्रतिक्रिया दिनुहोस्