उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै, लकडाउनका विषयमा छलफल हुने

काठमाडौं, बैशाख १३ । देशमा एकमहिनादेखि जारी लकडाउनको पछिल्लो समयसीमा सोमवार सकिदैंछ।

कोरोनाको पछिल्लो विवरण अनुसार लकडाउन केही खुकुलो पार्ने तयारीमा सरकार रहेको बताइन्छ। यसैबीच कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठक आज बस्ने भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको वैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।वैठकले कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल गर्नेछ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए।उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ।

मन्त्रीपरिषद्को वैठक आज या भोलि बस्ने बताइएको छ।झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्