कोरोना कोषमा सगरमाथा इन्स्योरेन्सद्वारा १६ लाख सहयोग

काठमाडौं , बैशाख ११ । सगरमाथा इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले स्थापना गरेको कोषमा सगरमाथा इन्स्योरेन्सले १६ लाख रुपैयाँ सहयोग गरेको हो ।

इन्स्योरेन्सका तर्फबाट कम्पनीका कार्यकारी प्रमुख चंकी क्षेत्री र वरिष्ठ प्रवन्धक गणेश ढकालले बिहीबार १६ लाख रुपैयाँ बराबरको चेक सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्